सिगाना बन्यो ‘सुन्तला गाउँ’, चार करोड भित्राए किसानले

सिगाना बन्यो ‘सुन्तला गाउँ’, चार करोड भित्राए किसानले

केन्द्रबिन्दु
12
Shares

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादन बढाउँदै आएको छन्। यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड रुपैयाँ भित्रिएको छ।

गत वर्ष धादिङका व्यापारीलाई सुन्तला बगैँचा पाँच लाखमा जिम्मा लगाएका अनन्त खड्काले यस वर्ष सात लाख ५० हजारमा बगैँचा बिक्री गरेका हुन्। एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म बिक्रीबाट रकम भित्राएका छन्।

सुन्तला उत्पादनको तथ्याङ्क गाउँको गणेश कृषि सहकारीले संकलन गर्दै आएको छ। यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा रहेको छ। सिगानाका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लगानी गरिरहेका छन्।

स्थानीय अगुवा शिवकुमार खड्काका अनुसार गत वर्षको तुलनामा यस वर्ष मौसम अनुकूल र रोग कम लाग्दा उत्पादन वृद्धि भएको हो। सिगानामा २५० भन्दा बढी किसानले सानादेखि ठूलो बगैँचा सञ्चालन गरिरहेका छन्। यस वर्ष ४०० नयाँ बोटले उत्पादन दिन थालेका छन्।

सुन्तलाको उत्पादन वृद्धि, बगैँचा विस्तार र मलजलका कारण बिक्री रकम बढेको सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिएका छन्।

Logo