काठमाडौं
विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । "/>

दैनिक एक अर्ब ८९ करोड रेमिटेन्स भित्रिदैं

दैनिक एक अर्ब ८९ करोड रेमिटेन्स भित्रिदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन देखि पुस सम्ममा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ ।

गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आर्थिक वर्ष ०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । विदेश जाने नेपालीको संख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ । गत आर्थिक वर्षको पुस सम्ममा एक लाख ८९ हजार चार सय ३३ जना नेपाली विदेश गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ८६ हजार ५३ जना मात्र गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विदेश जानेको संख्या पोहोर भन्दा चालु आवको साउन–पुस अवधिमा तीन हजार तीन सय ८० जनाले कमी आएको छ ।
नागरिकबाट

Logo