ईभी आईकार भी२३ नेपालका ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

ईभी आईकार भी२३ नेपालका ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा एक नयाँ इतिहास रच्दै शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आईकार भी२३ लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ ।

बिर्तामोड, विराटनगर, वीरगंज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज र धनगढीमा यो गाडीको एकसाथ अनावरण गरिएको हो। विराटनगरमा भने ओमोडा एण्ड जेइको शोरुमबाट यसको सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

आईकार भी२३ एक “रेट्रो-प्रेरित” पूर्ण-इलेक्ट्रिक अफ-रोड एसयूभी हो। यसको बक्सी लुक्स र क्लासिक गोलो हेडलाइटले पुरानो शैलीको झझल्को दिन्छ भने भित्र जडान गरिएको अत्याधुनिक प्रविधिले यसलाई भविष्यमुखी बनाएको छ।

भी२३ मा सीएटीएलको ५९.९३ किलोवाट आवर लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्छ। साथै, यो एसयूभीले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले लामो यात्राका क्रममा चार्जिङ समय पनि कम हुने जनाइएको छ। यसले ३६ मिनेटमै २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

यसको इन्टेरियरमा १५.४ इन्चको ठूलो सेन्ट्रल टचस्क्रिन दिइएको छ, जुन क्वालकम स्न्यापड्रागन ८१५५ प्रोसेसरबाट सञ्चालन हुन्छ। क्याबिनमा दुई पंक्तिय २+२ सिटिङ लेआउटमा डिजाइन गरिएको छ। दोस्रो पंक्तिका सिट फोल्ड गर्दा ७४४ लिटरको लगेज स्पेस उपलब्ध हुने भएकाले यात्रु तथा सामान बोक्ने दुवै प्रयोजनमा यो एसयूभी उपयुक्त देखिन्छ। नेपाली बजारका लागि यसको मूल्य रु. ४९.९९ लाख तोकिएको छ।

हाल एसपीजी अटोमोबाइल्सले नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको छ। कम्पनीका अनुसार, प्रि-बुकिङ गरेका ग्राहकहरूलाई आजैदेखि देशभरका शोरुमहरू मार्फत गाडीको डेलिभरी दिन सुरु गरिनेछ।

Logo