स्मार्ट बटन र वाशप्लससहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

स्मार्ट बटन र वाशप्लससहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सेनसेईले नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३ १० केजी) नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

सीजी ग्रुप अन्तर्गतको सेनसेई ब्रान्ड नेपालमा वाशिंग मेसिन, फ्रिज, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरू का लागि लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

नयाँ फ्रन्ट लोड वासिङ मसिनमा बीएलडीसी इन्भर्टर मोटर प्रयोग गरिएको छ । यसले बिजुलीको खपत कम गर्नुका साथै मसिन चल्दा आवाज कम आउने र प्रदर्शनलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । १० केजी क्षमताको यो मसिन मध्यम तथा ठुलो परिवारका लागि उपयुक्त छ ।

यस मसिनमा स्टिम वास, १५ मिनेटको ‘क्विक वास’, स्टेन ट्रिटमेन्ट, इको ४०-६०, अटो ड्रम क्लिन र १४०० आरपीएम (RPM) स्पिन स्पिड जस्ता आधुनिक विशेषता छन् । यसका साथै १६ ओटा वास प्रोग्राम, एलईडी डिस्प्ले, चाइल्ड लक र डिले फङ्सन समेत उपलब्ध छ । कम्पनीले यसको बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ ।

यस मोडेलको मुख्य आकर्षणका रूपमा ‘स्मार्ट बटन’ र ‘वास प्लस’ फङ्सनलाई प्रस्तुत गरिएको छ । स्मार्ट बटनले प्रयोगकर्ताको कपडा धुने बानी र शैलीलाई बुझेर आवश्यक सेटिङ स्वतः तय गर्दछ, जसले धुलाई प्रक्रियालाई अझ सहज र स्मार्ट बनाउँछ । त्यसैगरी, वास प्लस फिचरले कपडाको अवस्था हेरेर थप समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कडा दाग र गहिरो फोहोर हटाउन मद्दत गर्छ ।

ग्राहकहरूको सहजताका लागि कम्पनीले यो मसिनमा विशेष सुविधाहरू पनि ल्याएको छ । सेन्साइका उत्पादनहरू शून्य प्रतिशत ब्याजदरमा ईएमआई, नागरिकताका आधारमा सरल किस्ताबन्दी र पुराना सामानसँग साट्न सकिने एक्सचेन्ज सुविधामा उपलब्ध छन् । यसले उपभोक्तालाई ठुलो आर्थिक भार बिना नै अत्याधुनिक प्रविधि आफ्नो घरमा भित्र्याउने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

Logo