सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोबार ?

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा सुनचाँदीको मूल्य सामान्य बढेको हो।

आज छापावाल सुन प्रतितोला ११ सयले बढेर ३ लाख ६ हजार ६ सय कायम भएको छ । यस्तै, चाँदी प्रतितोला ५० रुपैँयाले बढेर ५ हजार २९० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जनाएको छ ।

मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र प्रतितोला चाँदी ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo