बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा

केन्द्रबिन्दु
33
Shares

धनगढी । नेपाली मौलिक स्वादको ४८ वर्षे गौरवमय विरासत बोकेको बाजेको सेकुवाले धनगढीको हसनपुर-०५ (जेन्ज मार्गको अगाडि) मा आफ्नो २६औँ शाखा सञ्चालनमा ल्याएको छ। यस नयाँ शाखाको विस्तारसँगै बाजेको सेकुवाको चर्चित मौलिक स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको छ।

आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको सङ्गमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्नेछ।

नेपालको समृद्ध खानपान परम्परालाई जगेर्ना गर्ने, गुणस्तरीय सेवा दिने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई यस विस्तारले थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo