एनआईसी एशिया बैंकद्वारा १० करोडसम्मको घर कर्जा योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा १० करोडसम्मको घर कर्जा योजना सार्वजनिक

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । एनआईसी एशिया बैंकले आकर्षक घर कर्जा योजना ल्याएको छ । बैंकले ६.९९ प्रतिशतको स्थिर ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्मको ‘एनआईसी एशिया घर कर्जा’ योजना ल्याएको हो ।

यस योजना अनुसार न्यूनतम २५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म सहज कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि २५ वर्षसम्मको हुने बैंकले जनाएको छ । यस कर्जा योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने बैंकले जनाएको छ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको पनि बैंकले जनाएको छ ।

साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।

Logo