मालढुङ्गा–बेनी सडक दुई लेनमा स्तरोन्नति, यात्रा समय २० मिनेटमा झर्याे

मालढुङ्गा–बेनी सडक दुई लेनमा स्तरोन्नति, यात्रा समय २० मिनेटमा झर्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग सिधै जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरिएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत उक्त सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउँदै अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।

१३ किलोमिटर लम्बाइको यस सडकखण्डमा ९६० मिटर बाहेक अधिकांश भागमा कालोपत्र र ढलानको काम सम्पन्न भएको छ। सडक स्तरोन्नतिसँगै यातायात सुविधा सहज बनेको छ।

यस मार्गबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दा, पर्यटक तथा तीर्थयात्री आवतजावत गर्छन्। सडक सुधारसँगै यात्रा समय उल्लेखनीय रूपमा घटेको छ। पहिले करिब एक घण्टा लाग्ने मालढुङ्गा–बेनी यात्रा अब १५ देखि २० मिनेटमै पूरा गर्न सकिने भएको छ।

पछिल्लो पाँच वर्षदेखि पोखरा–बेनी यात्रा गर्दा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडक प्रयोग हुँदै आएको थियो। अब मुख्य सडक स्तरोन्नति भएपछि सिधा र छिटो यात्रा सम्भव भएको छ।

Skip This
Skip This
Logo