काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी–२०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कम्पनीले ५ देखि ७ फागुनसम्म पोखरामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा ७० जना सिटिजन लिडरलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडिआरटी, दुईजना सिओटी र एकजना टिओटी क्वालिफायर रहेका थिए । उक्त कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखको सहभागिता थियो ।
कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरलाई सम्मान गर्नुका साथै आगामी व्यावसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र प्रशिक्षण प्रदान गर्नुरहेको थियो । सहभागीलाई सेल्स कोच तथा मोटिभेसनल स्पिकर डा. रविन कटवालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आफ्ना धारण राखेका थिए । कम्पनीका ब्रान्ड एम्बासडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको समेत उपस्थिति थियो ।
सिइओ पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद दिए । यस्ता प्रकारका कार्यक्रमले लिडरलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमता अभिवृद्धिमा महŒवपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।





























प्रतिक्रिया