साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाख सहयाेग

साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाख सहयाेग

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली फुटबलकी गौरव र ‘देशको गहना’ सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर छिन्। यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो ‘रिह्याब’ प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ। “थाकेको हो, हारेको छैन” भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो।

साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ— “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।”

Logo