ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?

ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं। बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार यो मूल्य ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो।

यस अनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। प्रतिदश ग्राम सुनको मूल्य आज २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि अघिल्लो दिन यो मूल्य ५ हजार ८ सय १५ रुपैयाँ थियो। प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको छ।

Logo