देशकै गौरवको आयोजनामध्येको एक चमेलिय जलविद्युत आयेजनाको शनिबार उद्घाटन गरिएको छ ।
प्रदेश नम्बर ७ कै सबैभन्दा ठुलो ३० मेगावाट क्षमताको उक्त आयोजनाको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।
दिउँसो १ः३० बजे स्वीच अन गरेर आयोजनाको उद्घघाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जलबिद्युतको सदुपयोग गरेर बिद्युत उत्पादन गर्न सके छिटै प्रदेश नम्बर ७ देशकै सबैभन्दा समृद्ध प्रदेश बन्छ ।’
महाकाली, कर्णाली, चौलानी लगायतका विद्युत उत्पादनको भण्डार भएका नदिहरु शुदूरपश्चिममा रहेको उल्लेख गर्दै उनले भने, ‘बिद्युतको उपयोग गर्न सकिए शुदूरपश्चिम क्षेत्रमा मात्रै हजारौ मेगावाट जलबिद्युत उत्पादनको सम्भाबना रहेको छ ।’
आफुले पहिलोपटक प्रधानमन्त्री हुदा सुरु भएको आयोजनाको आफैले उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको भन्दै देउवाले यो आयोजनाबाट बढी फाइदा दार्चुलाका जनताले पाउँनुपर्ने बताए ।
चमेलिया उद्घाटनकालागि प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा र मन्त्री जयन्त चन्द लगायत उर्जा सचिब र विद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरु हेलिकोप्टरमार्फत दिउसो १ बजे चमेलिया पुगेका थिए ।
बैतडी र दार्चुलाको सिमानदीमा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट व्यवसायिक रुपमै विद्युत उत्पादन भएको हो ।
चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ ।





























प्रतिक्रिया