काठमाडौँ । उन्नति माइक्रोफाइनान्सको साधारण सेयर (आईपीओं) बाँडफाँड भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो।
कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन। आवेदक मध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारणले मात्र उन्नतिको साधारण सेयर प्राप्त गरेका छन। त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन।
माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्





























प्रतिक्रिया