काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन् । "/>

सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर

सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन् ।

चिलिमेले सहायक कम्पनी बनार र सुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत् आयोजनलो २ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेका हुन् ।

आगामी आइतबार निस्कासन गर्न लागिएको सेयर अन्तरगत २ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरको कित्ता सेयर वितरण गर्न लागिएको खबर छ ।

विद्युत् प्राधिकरणका कर्मचारी निर्देशक एवं चिलिमे कम्पनी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले दुवै आयोजनाको सेयर वितरण गर्न लागिएको र छिट्टै प्राधिकरणको सहायक कम्पनीले अघि बढाएको माथिल्लो तामाकोसी र चिलिमेको अर्को योजना भोटेकोसीको सेयर निष्कासन गर्न लागिएको जानकारी दिए।

उनले रसुवागढी र साञ्जेन दुवै आयोजनाको निर्माण कार्य समयभित्र सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । कारोबार

Logo