काठमाडौं। जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ विनिता खडायतले निर्वाचन आयोगमा चुनावी खर्चको विवरण पेस गरेकी छन् । उनले आयोगमा बुझाएको विवरणअनुसार चुनावमा झण्डै १० लाख रुपैयाँ खर्च भएको देखाइएको छ ।
जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाकी खडायत भने ४२१ मतमा सीमित भएकी थिइन् । आवश्यक मत नपुग्दा उनको जमानत जफत भएको थियो ।
निर्वाचन आयोगको व्यवस्थाअनुसार उम्मेदवारले निर्वाचनपछि चुनावी खर्चको विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान छ । सोही अनुसार खडायतले पनि आफ्नो चुनावी खर्च विवरण आयोगमा पेस गरेकी हुन् ।
जुम्लामा रास्वपाको मत निकै कम आउँदा उम्मेदवारको जमानत जफत भएको थियो भने निर्वाचनमा खर्च देखिएको रकम भने झण्डै १० लाख पुगेको देखिएको छ ।






























प्रतिक्रिया