भैंसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण कार्य तीव्र

भैंसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण कार्य तीव्र

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। करिब ३ अर्ब रुपैयाँ खर्चेर बनाइएको ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा हाल पनि अधिकांश भवन खण्डहर अवस्थामा छन्। २३ र २४ भदौको जेनजी आन्दोलनमा २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भएको थियो।

रक्षामन्त्री निवास बनाइएको मात्र एक भवनमा सामान्य क्षति भएको थियो र मर्मतपछि मन्त्री माधवप्रसाद चौलागाईं बस्न थालेका छन्। शहरी विकास मन्त्रालयले बाँकी ११ ब्लकको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । कार्यालय प्रमुख चक्रवर्ती कण्ठका अनुसार, चालु आर्थिक वर्षभित्र यी ब्लक मर्मत गरी प्रयोगयोग्य बनाउने लक्ष्य राखिएको छ।

नयाँ सरकारले आगामी साता मन्त्रीहरू नियुक्त गर्दा, व्यक्तिगत निवास वा भाडामा घर लिने विकल्पमा छलफल हुने कण्ठले बताए। मन्त्री निवास पुनर्निर्माणमा मात्र ११ करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।

सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भदौ आन्दोलनले पु¥याएको क्षति मूल्यांकन अनुसार कुल ८४ अर्ब ४५ करोड बराबर क्षति भएको थियो।

संघीय संसद् भवन पनि अझै निर्माण चरणमै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र संसदीय दलका कार्यालयसहित बैठक कक्ष, पुस्तकालय, क्यान्टिन, हरियाली र पार्किङ सुविधा निर्माण भइरहेको छ। बैठक हलको क्षमता प्रतिनिधिसभा ७ सय, राष्ट्रिय सभा २९० सिट, बाल्कोनी ३ सय र संयुक्त लबी ३५० सिटको हुनेछ।

संघीय संसद् भवन निर्माणमा व्यापक कामदार खटाएर काम भइरहेको छ र कम्तीमा नयाँ भवनबाटै बैठक सञ्चालन हुने आशा गरिएको छ।

Skip This
Skip This
Logo