जुम्लामा खाना पकाउने ग्यास अभाव

जुम्लामा खाना पकाउने ग्यास अभाव

केन्द्रबिन्दु
30
Shares

जुम्ला । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि जुम्लाका उपभोक्ता समस्यामा परेका छन्। ग्यास किन्न बिक्रेताकोमा बिहानैदेखि लाइन लाग्ने गरेको छ।

पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको बताइँदै आएको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ।

नेपाल आयल निगमले भने ग्यास र पेट्रोलियम पदार्थको अभाव नरहेको बताउँदै आएको छ। तर ग्यास बिक्री केन्द्रमा मागअनुसार सिलिन्डर नपाउँदा उपभोक्ता दिनभर लाइन बसेर पनि रित्तै फर्किनुपर्ने अवस्था देखिएको छ।

स्थानीय बिक्रेताले मागअनुसार ग्यास उपलब्ध गराउन नसकेको बताइएको छ। यसले जुम्लामा ग्यास आपूर्ति व्यवस्थापनबारे प्रश्न उठ्न थालेको छ।

Logo