एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा, काठमाडौँस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

लामो समयदेखि परोपकारी संस्थाका रूपमा काम गरिरहेको यस संस्थाअन्तर्गत रहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरू उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

साथै, विगतका वर्षहरूमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

शान्ति सेवा गृह, काठमाडौँमा रहेका यी विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले वहाँहरूको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Logo