ग्यासको अभावबीच सीजीका साना घरायसी उपकरणले ल्यायो ८ अत्याधुनिक कुकटपहरू, २ वर्षको वारेन्टी

ग्यासको अभावबीच सीजीका साना घरायसी उपकरणले ल्यायो ८ अत्याधुनिक कुकटपहरू, २ वर्षको वारेन्टी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विश्वभर ऊर्जाको आपूर्ति शृंखला प्रभावित भइरहेका बेला नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सिजीका साना घरायसी उपकरण (एसडीए)ले ८ वटा अत्याधुनिक कुकटप सार्वजनिक गरेको छ ।

ग्यासको परनिर्भरता घटाउँदै स्वदेशी जलविद्युतको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सिजीले उच्च प्रविधि र सुरक्षासहितका नयाँ उपकरणहरु बजारमा ल्याएको हो । कम्पनीले उपभोक्ताको आवश्यकता र भान्सामा प्रयोग हुने भाँडाकुँडाको प्रकृतिलाई मध्यनजर गर्दै तीन फरक विधामा यी मोडलहरु प्रस्तुत गरेको छ ।

सिजीले सार्वजनिक गरेका उपकरणहरुमध्ये ५ वटा इन्डक्सन कुकटप छन्, जसले तीव्र गतिमा खाना पकाउन र उच्च ऊर्जा बचत गर्न मद्दत गर्छन् । २ वटा इन्फ्रारेड कुकटप ल्याइएको छ जसको मुख्य विशेषता भनेको यसमा स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका जुनसुकै भाँडाहरु सहजै प्रयोग गर्न सकिन्छ ।

आधुनिक भान्साको आवश्यकतालाई ध्यान दिँदै कम्पनीले १ वटा हाइब्रिड कुकटप मोडल पनि ल्याएको छ जसमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा एउटै उपकरणमा उपलब्ध छ । यी कुकटपमा विश्वस्तरीय आधुनिक फिचरहरु जडान गरिएको कम्पनीले जनाएको छ ।

सिजीले उपकरणको मुटु मानिने आइजीबिटी उच्च गुणस्तरको प्रयोग गरिएको जनाएको छ । यसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै उपकरणलाई लामो समयसम्म टिकाउ बनाउँछ । भान्सालाई प्रिमियम लुक दिनका लागि अत्यन्तै बलियो र ताप प्रतिरोधी ‘हाई ग्रेड क्रिस्टल ग्लास’ प्रयोग गरिएको छ ।

प्रयोगकर्ताको सहजताका लागि डिजिटल प्यानलसहितको फेदर टच र पुस बटन फङ्सन उपलब्ध छ । बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै ‘चाइल्ड लक’ को विशेष सुविधा समेत छ । सबै ८ वटै मोडलका कुकटपमा १२ महिना अर्थात् १ वर्षको पूर्ण वारेन्टी दिइएको छ । नेपाली बजारमा विरलै दिइने सेवा अन्तर्गत कम्पनीले कुकटपको सिसा फुटेमा वा समस्या आएमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ ।

Logo