काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै घटेको छ । आज सुन एकै दिन ३ हजार ४०० ले घटेको हो । सोमबार ५ सय रुपैयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन आज ९४ हजार ८०० मा कारोबार भइरहेको हो । आइतबार १ हजारले बढ्दै सुन ९७ हजार ७ सयमा कारोबार भएको थियो ।
गत हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार भने ९६ हजार २०० मा कारोबार भएको थियो । शुक्रबार एक हजारले बढ्दै सुनको मूल्य ९७ हजार २ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ८ सय र तेजाबी सुनको मूल्य ९४ हजार ३०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया