ग्यास बचतको स्मार्ट उपाय बन्दै ‘गाेदरेज माइक्रोवेभ ओभन’

ग्यास बचतको स्मार्ट उपाय बन्दै ‘गाेदरेज माइक्रोवेभ ओभन’

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावका कारण एलपीजी ग्यासको मूल्य र आपूर्तिबारे विभिन्न चर्चा भइरहेका बेला नेपालमा धेरै घरपरिवारले ग्यासको प्रयोग घटाउने विकल्प खोज्न थालेका छन्। ऊर्जा स्रोतको दक्ष प्रयोग आवश्यक बन्दै गएकाे अवस्थामा माइक्रोवेभ ओभन शहरी भान्सामा ग्यास बचत गर्ने स्मार्ट उपकरणका रूपमा लोकप्रिय हुन थालेको छ।

माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्दा ग्यासको प्रयोग कम गर्न सकिने प्रयोगकर्ताहरू बताउँछन्।

व्यस्त जीवनशैलीका कारण छिटो र सहज रूपमा खाना तयार गर्नुपर्ने परिवारहरूमा यसको प्रयोग बढ्दै गएको देखिन्छ। ललितपुरमा बस्ने तथा एक निजी बैंकमा कार्यरत स्मिता अधिकारीका अनुसार माइक्रोवेभ ओभन अहिले उनको दैनिक भान्साको महत्वपूर्ण हिस्सा बनेको छ।

“अफिस जानु अघि छिटो नास्ता बनाउनु पर्छ, बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन,” उनी भन्छिन्, “माइक्रोवेभ ओभन भएपछि खाना, बेक्ड डिश, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ। यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ।”

उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ।

माइक्रोवेभ ओभनमा दाल, भात जस्ता नेपाली परिकारदेखि तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकार सजिलै तयार गर्न सकिने भएकाले आधुनिक भान्सामा यसको प्रयोग बढ्दै गएको छ।

नेपालमा गाेदरेज माइक्रोवेभ ओभन विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन्। साेलाे, ग्रील र कन्भेक्सन विकल्पमा उपलब्ध यी उपकरणहरू २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन्। केही मोडेलहरूमा हेल्दी एयर फ्राइ प्रविधि समेत उपलब्ध छ, जसले कम तेल प्रयोग गरेर स्वस्थकर खाना तयार गर्न मद्दत गर्दछ। यसले खाना तताउने मात्र नभई पकाउने, बेकिङ गर्ने तथा विभिन्न परिकार तयार गर्ने सुविधा उपलब्ध गराउँदै आधुनिक भान्सामा महत्वपूर्ण स्थान बनाइरहेको छ।

नेपालमा गाेदरेज माइक्रोवेभ ओभनहरू सीजी इलेक्ट्राेनिक्स मार्फत उपलब्ध छन्। चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्राेनिक्स नेपालका प्रमुख होम अप्लायन्स वितरक कम्पनीहरूमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न गृह उपकरण नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

Logo