‘ग्लोबल मनि विक -२०२६’ अन्तर्गत प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

‘ग्लोबल मनि विक -२०२६’ अन्तर्गत प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तरगत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले “बचत गर्दा भविष्य चम्किन्छ” भन्ने नारासहित विभिन्न स्थानमा कार्यक्रम आरम्भ गरेको जनाएको छ।

बैंकले आयोजना गरेको एक दिने कार्यक्रम होटल अनुत्तरा, बौद्धमा सम्पन्न भएको थियो। यस कार्यक्रममा ४७ जना सूक्ष्म, साना र मझौला उद्यमीलाई वित्तीय सेवा लिँदा आवश्यक प्रक्रिया, कागजात र वित्तपोषणका लागि आवश्यक योग्यताबारे जानकारी प्रदान गरिएको थियो। यसबाट व्यवसायीहरूलाई वित्तीय पहुँच र सहजता बढ्ने अपेक्षा गरिएको छ।

प्रभु बैंकका नेपालभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मुल नारासहित गुणस्तरीय बैंकिङ र वित्तीय सेवा प्रदान गरिरहेको छ।

Logo