पर्वत। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य (आकाश) ले वडा नम्बर ८ अन्तर्गत सञ्चालन भइरहेका विकास योजनाहरूको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा घैयावारि सिँचाइ कुलो निर्माण तथा मर्मत कार्य र फर्से युवा क्लबद्वारा सञ्चालित कार्यक्रमहरूको निरीक्षण गरेका हुन् ।
उपाध्यक्ष आचार्यले सिँचाइ कुलोले स्थानीय कृषकलाई सहज रूपमा पानी उपलब्ध गराउने विश्वास व्यक्त गर्दै यसले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार यहाँका किसानलाई सिँचाईको समस्या थियो अब त्यो हट्नेछ । कृषिलाई व्यावसायिकरण गर्दै स्थानिय उत्पादनमा किसानहरुलाई जोड्दै आर्थिक समृद्ध संग जोड्न सकिने उनको भनाई छ । त्यस्तै, फर्से युवा क्लबले निर्माण गरेको स्टेजसहितका गतिविधिहरूले गाउँका युवाहरूलाई संगठित गर्दै सामाजिक विकासमा सक्रिय बनाएको उनले उल्लेख गरे।
अनुगमनका क्रममा योजनाहरूलाई अझ प्रभावकारी, दिगो र गुणस्तरीय बनाउन आवश्यक सुझावसमेत दिइएको छ। स्थानीय सरोकारवालाको सहभागिता र सहकार्यले यस्ता विकास कार्यक्रमलाई सफल बनाउनेमा विश्वास व्यक्त गरिएको छ।





























प्रतिक्रिया