धनगढी। धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्। सडक योजना कार्यालयका अनुसार जोनापुर रसुकुटी खोलामा ती पुल निर्माण गरिएको हो।
इन्जिनियर दीपक देवकोटाका अनुसार दुवै पुल रु तीन करोड १५ लाखको लागतमा निर्माण भएका हुन्। पुल निर्माणसँगै उक्त स्थानमा कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ।
निर्माण कम्पनीले दुवै पुल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको छ। पुल सञ्चालनमा आएपछि सो खण्डमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया