प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक –२०२६’ कार्यक्रम सम्पन्न

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक –२०२६’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरेकोे छ ।

बैंकले “स्मार्ट मनी टक्स” भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे छ ।

बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।

Logo