नेपालमा भारतलाई यसरी टप्यो चीनले

नेपालमा भारतलाई यसरी टप्यो चीनले

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयमा निरन्तर रुपमा नेपालमा प्रभाव बढाईरहेको चीनले प्रत्यक्ष विदेशी लगानीमा भारतलाई दोस्रोपटक उछिनेको छ ।

उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कुल वाह्य लगानीको झण्डै ५८ प्रतिशत हिस्सा चीनले ओगटेको छ । यस अवधीमा चीनबाट नेपालले ८.०८ विलियन अमेरिकी डलर लगानी प्राप्त गरेको छ जुन यस अवधीमा प्राप्त कुल लगानीको ५८ प्रतिशत हो । भारत ३.०३ विलियन लगानीका साथ दोस्रो स्थानमा रहेको छ ।

अमेरिका, जापान र इटली तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् । विगत ३ वर्षदेखि चीनले निरन्तर रुपमा भारतलाई पछाडी पारिरहेको जुन नेपालमा वढ्दो चिनियाँ प्रभावको स्पष्ट संकेत हो । उद्योग विभागका अनुसार जलविद्युत, सिमेन्ट, जडिवुटी तथा पर्यटन क्षेत्रमा धेरै लगानी गदै आईरहेको छ ।

Logo