लोचाखोलामा दुई वडा जोडिने पक्की पुल निर्माण सुरु

लोचाखोलामा दुई वडा जोडिने पक्की पुल निर्माण सुरु

केन्द्रबिन्दु
3
Shares

खोटाङ । रावाबेँसी गाउँपालिका–हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ ।

कोशी प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको १५ मिटर लामो पुलका लागि करिब २ करोड ८९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम अघि बढाइएको हो ।

पुल बनेपछि कुभिण्डे र हौँचुर जोडिनेछन्, जसले स्थानीयको दैनिक आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ ।

अहिलेसम्म खोला पार गर्न स्थानीयले जोखिमपूर्ण विकल्प प्रयोग गर्नुपर्ने अवस्था थियो । वर्षायाममा झन् समस्या बढ्ने गरेको थियो ।

निर्माण कम्पनीले २०८४ जेठभित्र काम सक्ने लक्ष्य राखेको छ भने स्थानीयले यसलाई वर्षौंदेखिको समस्याको समाधानका रूपमा हेरेका छन् ।

Logo