महासंघ निर्वाचनको सरगर्मीः को हुन् वस्तुगत संघतर्फ उपाध्यक्ष उम्मेदवार शिव प्रसाद घिमिरे ?

महासंघ निर्वाचनको सरगर्मीः को हुन् वस्तुगत संघतर्फ उपाध्यक्ष उम्मेदवार शिव प्रसाद घिमिरे ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली औद्योगिक एवं व्यावसायिक क्षेत्रमा एक सफल र प्रभावशाली नाम हो, शिवप्रसाद घिमिरे । ऊर्जा, व्यापार र उत्पादनमूलक क्षेत्रमा उनको सक्रियताले धेरैका लागि प्रेरणाको स्रोत मात्र बनेको छैन, बरु नेपालको निजी क्षेत्रलाई मर्यादित र सुदृढ बनाउन समेत निर्णायक भूमिका खेलेको छ ।

आफ्नो अथक परिश्रम, दुरदर्शी निर्णय क्षमता र व्यावसायिक कुशलताका कारण व्यावसायिक नैतिकता र निरन्तरताका पर्याय घिमिरेको ग्यास, जलविद्युत, विद्युतिय सवारी साधन बिक्री, पेट्रोल पम्पसम्ममा लगानी रहेको छ । सानो नाङ््लो पसलबाट लगानीबाट सुरु गरेर पनि निरन्तर मेहनत र दूरदृष्टिले उनले आफ्नो समूहलाई देशकै चर्चित व्यवसायिक घरानामध्ये एक बनाएका छन् ।

व्यवसाय मात्र होइन, घिमिरेले संस्थागत नेतृत्वमा पनि लामो समय बिताएका छन् । नेपाल पेट्रोलियम डिलर एशोसिएसनको पूर्वअध्यक्ष, नेपाल एलपी ग्यास उद्योग संघको तत्कालीन अध्यक्ष र राष्ट्रिय व्यापार पहल एनबीआईको संस्थापक सदस्यको रूपमा उनले निजी क्षेत्रको हकहितमा निरन्तर आवाज उठाए । राष्ट्रिय दुग्ध विकास बोर्डको बोर्ड सदस्य भएर पनि कृषि र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका थिए । महासंघभित्र उनी २०२३ देखिको कार्यकालमा कार्यकारी समितिका सदस्य छन् र सडक यातायात तथा पारवहन समितिको सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । यातायात क्षेत्रका समस्या, पारवहन नीति र निजी क्षेत्रले भोगिरहेका दैनिक चुनौतीहरूमा उनले वर्षौंदेखि काम गरिरहेका छन् । महासंघको सचिवालयदेखि नीतिगत तहसम्मको यात्रामा घिमिरेले ८० प्रतिशतभन्दा बढी नेतृत्वसँग काँध मिलाएर काम गरेको अनुभव बोकेका छन् ।

यतिबेला उनी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा होमिएका छन् । चैत अन्तिममा महासंघको साधारण सभा हुँदैछ । सो साधारण सभामा पुरानै विधान अनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् । अध्यक्ष बाहेकका अन्य पदमा भने निर्वाचन हुनेछ । महासंघको विधानअनुसार नयाँ कार्यसमिति ८१ सदस्यीय हुनेछ, जसअन्तर्गत व्यवसायी शिव घिमिरे उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको उपाध्यक्ष उठ्ने भएका छन् । यतिबेला घिमिरले आफ्नो प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

शिवप्रसाद घिमिरेको समूहमा सदस्यको उम्मेदवारहरुमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन् । वस्तुगत उपाध्यक्षमा घिमिरेसँग नरेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

घोषणा कार्यक्रममा घिमिरेले निजी क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा व्यवहारमा उतार्दै महासङ्घलाई सबै तहका उद्योगी व्यवसायीको साझा, विश्वसनीय र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे । घिमिरेले निर्वाचनका लागि आफ्नो चुनावी संकल्प तथा एजेन्डा सार्वजनिक गरेका छन् । “सशक्त महासंघ, सुरक्षित निजी क्षेत्र” भन्ने नाराका साथ उनले कर्मचारी भर्नादेखि सेवा प्रवाहसम्म पूर्ण पारदर्शी र व्यावसायिक प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् उनका मुख्य संकल्पहरु-

घिमिरेले वस्तुगत संघहरूलाई नीतिको केन्द्र बनाउने योजना अघि सारेका छन् । यसअन्तर्गत वस्तुगत संघका समस्या समाधान गर्न एकीकृत इकाई स्थापना गर्ने र नीति निर्माण प्रक्रियामा उनीहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्ने उल्लेख छ ।विश्वव्यापीकरण र विकासशील मुलुकहरूको प्रतिस्पर्धाका कारण साना तथा मझौला उद्योग जोखिममा परेको भन्दै उनले आत्मनिर्भर उद्योगको पहिचान गरी विशेष औद्योगिक नीति ल्याउन निर्णायक पहल गर्ने बताएका छन्। साथै ठूला उद्योग र उद्योगीहरूबीच विशेष सहकार्यको वातावरण निर्माण गर्ने पनि उनको योजना छ ।

घिमिरेका अन्य एजेन्डाहरू

१. कृषि र उद्योगबीचको सम्बन्ध सुदृढीकरणः किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य श्रृंखला निर्माण गर्न विशेष पहल गर्ने। कृषिजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पैरवी गर्ने ।

२. पर्यटनको नयाँ उचाइः पर्यटनलाई कृषि, स्वास्थ्य र शिक्षासँग जोडेर एकीकृत विकास मोडेल अघि बढाउने। अवैध तथा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्दै सबैलाई करको दायरामा ल्याउने लक्ष्य राखिएको छ ।

३. युवा उद्यमी र स्टार्टअपलाई प्रोत्साहनः युवा उद्यमीहरूका लागि व्यवसायिक सुरक्षा र प्रोत्साहनमूलक वातावरण निर्माण गरी देशभित्रै रोजगारी सिर्जना गर्ने। प्रविधिमा आधारित व्यवसायलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन सम्बन्धित सबै पक्षसँग समन्वय गर्ने।

४. कर तथा नीतिगत सुधारः कर मात्र घटाउने होइन, करको दायरा विस्तार गर्ने र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्ने ।

Logo