घोराही–लमही सडक विस्तार सुरु, १७ किमि खण्ड फराकिलो बनाइँदै

घोराही–लमही सडक विस्तार सुरु, १७ किमि खण्ड फराकिलो बनाइँदै

केन्द्रबिन्दु
0
Shares

घोराही। घोराही–लमही सडकखण्ड विस्तार तथा सुधारको काम सुरु गरिएको छ । हाल मोड तथा साँघुरा स्थानहरूमा कटिङ गरेर सडक फराकिलो बनाउने काम भइरहेको छ ।

डिभिजन सडक कार्यालयका अनुसार यो सडकलाई चारलेनको स्वरूपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो । चालु आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्ने योजना रहेको छ ।

करिब १७ किलोमिटर सडकखण्डमा पर्ने जोखिमपूर्ण मोडहरू हटाउने, साँघुरो भाग फराकिलो बनाउने र आवश्यक स्थानमा पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।

सडक विस्तारका लागि तीन वटा ठेक्का सम्झौता गरी करिब २० करोड रुपैयाँ बराबरको काम अघि बढाइएको छ । विभिन्न खण्डमा निर्माण कम्पनीहरू परिचालन भई माटो कटिङ र संरचना निर्माणको काम भइरहेको छ ।

यसअघि साँघुरो सडकका कारण दुर्घटनाको जोखिम उच्च रहँदै आएको थियो ।

Logo