लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसी एशिया बैंकले ल्यायो नयाँ क्यालेन्डर

लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसी एशिया बैंकले ल्यायो नयाँ क्यालेन्डर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसर पारेर नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आकर्षक क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको उक्त क्यालेन्डरमा नेपालका लोपोन्मुख तथा परम्परागत लोक बाजाहरुको तस्वीर र तिनको सांस्कृतिक महत्वलाई समेटिएको छ। नेपाली लोक बाजा सङ्ग्रहालयको सहकार्यमा तयार पारिएको यस क्यालेन्डरले देशको सांस्कृतिक इतिहास, पहिचान र विविधतालाई उजागर गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ।

नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सरोकारवालामा नयाँ आशा, भरोसा र उत्साह थप्ने विश्वास व्यक्त गर्दै बैंकले सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य पनि अघि सारेको छ।

क्यालेन्डरमा नेपालका विभिन्न समुदायमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका बाजाहरु र तिनलाई बजाउने शैलीसम्बन्धी जानकारीसमेत समावेश गरिएको छ।

बैंकका अनुसार यस पहलले लोक बाजाहरुको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सहयोग पुग्नेछ। साथै, क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रअनुसारका सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्गसम्बन्धी विवरणहरू पनि राखिएको छ।ग्राहक तथा इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइटमार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

Logo