काठमाडौं । यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल अत्यधिक मागका कारण आधिकारिक लन्च भएको एक सातामै सोल्ड आउट भएको छ ।
नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा आएको यस मोडलले हाइ–टेक इनोभेसनसहित नयाँ पुस्ताको मोटरसाइकलिङ भित्र्याएको मानिएको छ । एफजेड लिगेसीमा आधारित यो बाइकलाई पावर, इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको हो, जसले बढ्दो इन्धन मूल्य र सहरी ट्राफिक जस्ता चुनौतीलाई सम्बोधन गर्छ ।
बजारमा प्रविधिप्रतिको आकर्षण र राइडरहरूको माइलेजप्रतिको आवश्यकता बढ्दो अवस्थामा रहेको सन्दर्भमा, यस मोडलले छोटो समयमै बलियो बजार स्वीकार्यता प्राप्त गरेको देखिएको छ।
यस उल्लेखनीय सफलतापछि यामाहा नेपालले एफजेडएस एफआई हाइब्रिडको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरिएको घोषणा गरेको छ। इच्छुक ग्राहकहरूले प्रि–बुकिङसम्बन्धी जानकारी कम्पनीका आधिकारिक सामाजिक सञ्जाल तथा देशभरका अधिकृत विक्रेतामार्फत प्राप्त गर्न सक्नेछन्। कम्पनीले उच्च मागलाई ध्यानमा राख्दै नयाँ स्टक छिट्टै उपलब्ध गराइने जनाएको छ।
यस अवसरमा कम्पनीका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवालले भने, “आजको राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्व बढ्दै गएको छ। यस्तो अवस्थामा ग्राहकहरूबाट प्राप्त प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, जसले हाम्रो उत्पादनप्रतिको विश्वासलाई झल्काउँछ।” उनले भविष्यमा पनि नेपाली बजारका आवश्यकताअनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरे।
यस सफल सार्वजनिकरणसँगै यामाहाले बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ। एफजेडएस एफआई हाइब्रिडको उच्च प्रारम्भिक मागले नेपालमा स्मार्ट र दक्ष मोटरसाइकलिङतर्फको स्पष्ट रूपान्तरण संकेत गरेको छ, जसले ब्रान्ड र ग्राहक दुवैका लागि नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।





























प्रतिक्रिया