चन्द्र ढकालको खुल्ला समर्थनले हेमराज ढकालको प्यानल झन् बलियो बन्दै

चन्द्र ढकालको खुल्ला समर्थनले हेमराज ढकालको प्यानल झन् बलियो बन्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारणसभा र चुनाव आउन अब केहीदिन मात्र बाँकी छ । चैत २९ र ३० गते हुने यो कार्यक्रमलाई लिएर महासंघभित्र अहिले चर्को सरगर्मी चलेको छ । उद्यमी तथा व्यवसायीहरू उम्मेदवारी दर्ता गर्न व्यस्त छन् भने पूर्वअध्यक्षहरूले पनि आ–आफ्नो समूहलाई खुलेआम समर्थन दिइरहेका छन् ।

यही बेला महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकालले भने हेमराज ढकालको समूहलाई स्पष्ट रूपमा साथ दिएको देखिन्छ । अध्यक्ष ढकालको यो खुला समर्थनले हेमराज ढकालको प्यानल अझ बलियो बनेको छ ।
बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहले पनि आफ्नो प्यानलनै बनाएर उम्मेदवारी घोषणा गरेको छ साथै एशोसिएटस तर्फ पनि उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दुई जना उम्मेदवार उमेश डालमिया र कल्पाना गैरेले आफ्नो उम्मेदवारी दिएकि छन् ।

वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष ढकालले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले टीम बनाउने नाममा फोहोरी खेल खेलेको भन्दै आफुलाई सैह्य नहुने बताएका हुन् । उनले भने–म अझै पनि सर्वसम्मतीको पक्षमा छु भने केही प्रदेशमा सर्वसम्मतीमै नेतृत्व चयन गर्न सफल भएको छु, यदि विधानको मर्म विपरित अब हुने वाला अध्यक्षले सर्वसम्मतीको प्रसायमा अड्चन ल्याउँदै आफ्नो टीम बनाएर अघि बढ्छ भने हेमराज ढकालको समुहलाई मेरो पुरा समर्थन हुने छ भने तपाईहरुको जीत सुनिश्चित छ ।

यदि कुनै समुहले सर्वसम्मतीको प्रयासलाई असफल बनाउन लाग्छन् भने हेमराज ढकालको समुहलाई जिताउन आफुले कुनै कसुर बाँकी नराख्ने समेत उनको उद्घोष थियो । यस अघि आफू स्वत अध्यक्ष हुने समयमा तटस्थ बसेका अध्यक्ष ढकालले स्वतन्त्र प्रतिस्पर्धामा निर्वाचत गराएका थिए । तर, अब बन्ने अध्यक्षले मनोनित र विभिन्न समितिका सभापतिको लोझ देखाएर फोहोरी खेल खेल्न थालेपछि अध्यक्ष ढकाल रिसाएका थिए ।

एक कार्यक्रममा पूर्व अध्यक्षहरुले अञ्जन श्रेष्ठको उक्त कार्यले महासंघभित्र फोहोरी खेल भएको र यसले महासंघलाई धुव्रिकरण गर्ने भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए । उनको दिएको यो अभिव्यक्तिले महासंघभित्रको फोहोरी राजनीतिलाई रोक्नुपर्ने आवाजलाई थप बल दिएको छ । पूर्वअध्यक्षहरूले पनि अञ्जन श्रेष्ठको यस्तो कामले महासंघलाई ध्रुवीकरण गर्ने खतरा रहेको बताएका थिए ।

अध्यक्ष ढकालसँग एशोसिएट्स, वस्तुगत र जिल्ला–नगर तीनवटै क्षेत्रमा राम्रो पकड छ । उनीहरूले हेमराज ढकालको समूहलाई खुलेर समर्थन गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ । जानकारहरू भन्छन्, “अध्यक्ष ढकालको समर्थनले वस्तुगततर्फ क्लिन स्वीप नै हुन सक्छ ।”

हेमराज ढकाल समूहबाट बरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला–नगर उपाध्यक्षमा उमेश डालमिया तथा कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन् ।

नरेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा नै अध्यक्ष ढकालले अञ्जन श्रेष्ठको कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए । यो समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजीबजार, खाद्यान्न, आईटी, घरजग्गा, जलविद्युत जस्ता सबै मुख्य क्षेत्रलाई समेटेर बलियो टिम बनाइएको छ ।

समूहको सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजनबहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे, विप्लव अधिकारी, सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।
व्यवसायीहरू भन्छन् – यो समूह सबै क्षेत्रलाई समेटेर बनाइएको सबैभन्दा सन्तुलित र शक्तिशाली प्यानल हो । अध्यक्ष ढकालको समर्थनले अब वस्तुगत र एशोसिएट्सतर्फको उपाध्यक्षसहित पूरै प्यानलको जित लगभग पक्का जस्तै भएको छ ।

महासंघको निर्वाचनलाई लिएर उद्यमीहरूबीच चासो बढ्दो छ । कसले जित्छ भन्नेमा अब धेरैको ध्यान केन्द्रित भएको छ । तर, चन्द्र ढकालको यो खुला समर्थनले हेमराज ढकालको समूहलाई स्पष्ट अग्रता दिएको देखिन्छ ।

Skip This
Skip This
Logo