महासंघ निर्वाचनः यस्ता छन् शिवप्रसाद घिमिरेका प्रतिवद्धता

महासंघ निर्वाचनः यस्ता छन् शिवप्रसाद घिमिरेका प्रतिवद्धता

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणमा वस्तुगत संघ तर्फका उपाध्यक्ष प्रत्यासी हुन्, व्यवसायी शिव घिमिरे ।

१३ वर्षको उमेरदेखि घुम्ती पसलको संघर्षबाट सुरु भएको उनको यात्रा आज एसजी ग्रुपको संस्थापकका रूपमा पुगेको छ । नेपाल एलपी ग्यास उद्योग संघको पूर्वअध्यक्ष, नेपाल कत्था उद्योग संघको अध्यक्ष तथा महासंघका विभिन्न समितिमा सक्रिय रहँदै आएका घिमिरेले व्यावहारिक समस्या र समाधान दुवै बुझेका छन् । उनले भावी अध्यक्ष अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगततर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । घिमिरे आफ्नो विस्तृत प्रतिबद्धता पत्रसहित चुनावी मैदानमा उत्रिएका छन् । ‘सुरक्षित निजी क्षेत्रः सशक्त महासंघ’ को मुख्य नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा महासंघलाई केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम बन्न नदिई आम उद्यमीको साझा र प्रभावकारी संस्था बनाउने संकल्प गरिएको छ । घिमिरे समूहले महासंघको वर्तमान कार्यशैलीमा आमूल सुधारको प्रस्ताव गर्दै केही आधारस्तम्भ अघि सारेका छन् ।

⦿ सचिवालय पुनर्संरचना

घिमिरे समूहको प्रमुख एजेण्डा महासंघको सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली र दक्ष जनशक्तिसहित पुनर्संरचना गर्नु रहेको छ । सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरी सदस्य केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने दाबी गरिएको छ । “हामी बोलेर होइन, गरेर देखाउने नेतृत्वका लागि मैदानमा आएका हौँ” प्रतिबद्धता पत्रमा उल्लेख छ ।

⦿ वस्तुगत परिषद् र नीतिगत पैरवी

वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्र बनाउने घिमिरेको योजना छ । सरकारी निकायसँगको संवादमा निजी क्षेत्र र सम्बन्धित वस्तुगत परिषद्का प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग सहमति खोजिने प्रतिबद्धतामा उल्लेख छ । यस्तै उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर घटाउन र आयोजना सम्पन्न भएपछि पनि रोकिएका सरकारी भुक्तानीहरू अनिवार्य रूपमा दिलाउन महासंघले नेतृत्व लिने बताइएको छ ।

⦿ स्टार्टअप, कृषि र निर्यातमा नयाँ मोडल

घिमिरे समूहले युवालक्षित स्टार्टअप, नवप्रवर्तन र एसएमइज स्थापनालाई विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बिचौलियाको भूमिका न्यून गर्दै उत्पादनदेखि बजारसम्मको ‘एकीकृत मूल्य श्रृंखला’ निर्माण गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न राष्ट्रिय अभियान चलाउने घोषणापत्रमा उल्लेख छ ।

⦿ ऊर्जा र पर्यटनमा रणनीतिक पहल

घिमिरे समूहले ऊर्जा सुरक्षाका लागि ३ देखि ६ महिनाको भण्डारण सुनिश्चित गर्ने र नवीकरणीय ऊर्जा परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ । पर्यटन क्षेत्रमा भने कर, हवाई टिकट शुल्क र परमिट शुल्कलाई समयसापेक्ष र व्यवसायी–मैत्री बनाउन सरकारसँग सशक्त पैरवी गर्ने एजेण्डा अघि सारिएको छ ।

⦿ निजी क्षेत्रको ‘सुरक्षा कवच’ बन्ने दाबी

निजी क्षेत्रको प्रतिष्ठा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्न नहुने घिमिरे समूहको अडान छ । नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीलाई जोगाउन ‘नीतिगत स्थिरता’ र ‘सम्पत्ति अधिकारको सुनिश्चितता’ लाई यस समूहले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएको छ । चैत २९ र ३० गते हुने निर्वाचनका लागि घिमिरे समूहले आफ्नो प्रतिबद्धता पत्रलाई केवल ‘चुनावी कागज’ मात्र नभई वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनसहितको उत्तरदायी दस्ताबेज भएको दाबी गरेको छ । घिमिरे समूहले निरन्तर एजेण्डामा काम गरिरहेको जनाएको छ ।

⦿ शिक्षा स्वास्थ्य

आयुर्वेदिक औषधिलाई अन्य औषधिसरह न्यायोचित मान्यता दिँदै अव्यवहारिक जिएमपि मापदण्ड सुधार गर्न, पैरवी गर्न, नेपाललाई स्वास्थ्य तथा शिक्षा (मेडिकल)लाई अन्तराष्ट्रिय मापदण्ड अनुसार स्थापित गरी पर्यटनको हबका रूपमा विकास गर्न निजी क्षेत्रको नेतृत्वमा पहल गर्ने घिमिरे समूहको प्रतिवद्धता छ । ग्रामीण र दुर्गम क्षेत्रमा अस्पताल, स्वास्थ्य चौकी, औषधिलयहरुमा वशिषज्ञ चकित्सिकको ठूलो अभाव, दक्ष जनशक्तको कमी डाक्टर, नर्स, ल्याब टेक्नसियिनजस्ता स्वास्थ्यकर्मी शहर केन्द्रीत रहने तथा वदिश पलायनको बाटो रोज्ने अवस्थालाई रोक्न र ग्रामीण दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार संग नरिन्तर पैरवी गरीने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।

⦿ निर्यातमुखी उत्पादनमूलक उद्योगको विस्तार र प्रवद्र्धन

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक उद्योग पहिचान, नीतिगत सुधार, कच्चा पदार्थ आपूर्ति, ऊर्जा लागत न्यूनीकरण, वित्तीय पहुंच र निर्यात प्रोत्साहनमा विशेष ध्यान दिइनुका साथै घरेलु उत्पादनको प्रयोग र उपभोग बढाउने नीतिको प्रभावकारी कार्यान्वयन गर्ने निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा अन्य आवश्यक कार्यको अतिरिक्त देहायबमोजिमको काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

⦿ उत्पादनमुखी, प्रतिस्पर्धी, कृषि उद्यमी र किसानमैत्री कृषि अभियान

घिमिरे समूहले कृषि, वनपैदावर, बीउबिजन, मल, सिंचाइ, भण्डारण, परीक्षण प्रयोगशाला, बजार पहुंच र मूल्य शृंखलामा नीतिगत सुधारका लागि महासंघले अग्रणी भूमिका खेल्ने पनि प्रतिवद्धता जनाएको छ । कृषकलाई अनुदान, प्रविधि र बजारसंग प्रत्यक्ष जोड्दै कृषि उत्पादनलाई उद्योगसंग जोडिने, अन्तर्राष्ट्रिय बजारमा नेपाली कृषि उत्पादनको पहुंच विस्तारलाई प्राथमिकतामा राख्ने, कृषि उत्पादन एवं सोको बजारीकरण, व्यापारको क्षेत्रमा हामीले मूलतः देहायबमोजिमको काम गर्ने घिमिरे समूहले प्रतिबद्धता व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo