काठमाडौं । वृद्ध भत्ता पाउने उमेर ७५ वर्ष पुर्याइएको भन्ने समाचारप्रति अर्थ मन्त्रालयले स्पष्टिकरण दिँदै त्यसलाई पूर्ण रूपमा गलत ठहर गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जाल र केही माध्यममा वृद्ध भत्ता पाउने उमेर ७० बाट ७५ वर्ष पुर्याइएको भन्ने समाचार फैलिएको थियो। तर अर्थ मन्त्रालयले यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार वृद्ध भत्ता पहिलेकै व्यवस्था अनुसार ७० वर्ष उमेर पुगेपछि नै पाइनेछ। उमेर बढाइएको भन्ने हल्लाले सर्वसाधारणमा अन्योल सिर्जना गरेपछि सरकार स्पष्टीकरण दिन बाध्य भएको हो।
सरकारले भत्ता सम्बन्धी नीतिमा हाल कुनै परिवर्तन नगरेको दोहोर्याउँदै भ्रमपूर्ण सूचना नफैलाउन पनि आग्रह गरेको छ।































प्रतिक्रिया