काठमाडौं । युरोपको प्रख्यात होम अप्लायन्स ब्रान्ड बेकाेले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा नेपाली ग्राहकहरूका लागि विशेष प्रवद्र्धन योजना सार्वजनिक गरेको छ। कम्पनीले “ह्याप्पी इयर बिगिन्स विथ बेकाे” भन्ने मूल नाराका साथ नयाँ वर्षलाई अझ स्मार्ट र आधुनिक बनाउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याएको हो।
यस विशेष योजना अन्तर्गत ग्राहकहरूले बेकाेका होम अप्लायन्सहरूको खरिदमा ७० हजार रुपैयाँसम्मको भारी नगद छुट (क्यासब्याक) प्राप्त गर्न सक्नेछन्। क्यासब्याकका साथै कम्पनीले हरेक खरिदमा ‘स्योर सट गिफ्ट’को व्यवस्था गरेको छ, जसले ग्राहकहरूलाई तत्काल अतिरिक्त लाभ प्रदान गर्नेछ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, डिशवासर खरिदमा दुई वटा वासिङ ट्याब्लेट्स, र फ्रि स्ट्यान्डिङ ओभनको खरिदमा सिजी प्रेसर कुकर उपहार स्वरूप प्रदान गरिनेछ। त्यसैगरी, एयर कन्डिसनर खरिद गर्ने ग्राहकहरूलाई निःशुल्क जडानको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
आफ्नो उत्पादनमा उच्च प्रविधि र गुणस्तरलाई प्राथमिकता दिँदै आएको बेकाेले ग्राहकको विश्वास जित्न १२ वर्षसम्मको वारेन्टी, १०० प्रतिशत पार्टपुर्जाको उपलब्धता र सर्भिस ग्यारेन्टी समेत प्रदान गर्दै आएको छ। स्मार्ट होम प्रविधिमा रुचि राख्नेहरूका लागि यसका उपकरणहरूमा ‘हाेमविज’ ब्लुटुथ कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू समावेश छन्।
आर्थिक सहजताका लागि कम्पनीले सिजी एलेक्स मार्फत शून्य प्रतिशत ईएमआई सुविधा पनि उपलब्ध गराएको छ। न्यूनतम कागजी प्रक्रिया र “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रिया मार्फत ग्राहकले सजिलै सामान खरिद गर्न सक्नेछन्। नेपालभर सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध हुने यी अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने भएकाले छिटो लाभ लिन कम्पनीले सबैमा आग्रह गरेको छ।































प्रतिक्रिया