५० एमपी जाइस टेलिफोटो क्यामेरासहित भिभो भी७० बजारमा, ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्न सक्ने

५० एमपी जाइस टेलिफोटो क्यामेरासहित भिभो भी७० बजारमा, ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्न सक्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय ‘भी’ सिरिज अन्तर्गत ५० एमपी जाइस टेलिफोटो क्यामेरासहितको नयाँ स्मार्टफोन भी७० नेपाली बजारमा लञ्च गरेको छ ।

मंगलबार एक विशेष समारोहमा स्पेशल एआई फिचर, पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने विशेष फिचरसहितको भी७० सार्वजनिक गरेको हो । यो स्मार्टफोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन गरी दुई वटा कलरमा उपलब्ध छ ।

भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न सक्ने दाबी गरिएको छ। यस फोनबाट कम लाइटमा पनि राम्रो फोटो खिच्न र स्टेज कार्यक्रममा साना विवरण पनि स्पष्ट देखिने हाइ क्वालिटिको फोटो खिच्न सकिन्छ ।

यसमा ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा छ भने एआई स्टेज मोडको सहयोगमा २० गुणासम्म जूम गर्दा पनि स्पष्ट दृश्य कैद गर्न सकिन्छ। जाइस मल्टिफोकल पोट्र्रेट र जाइस स्टाइल बोकेहजस्ता फिचरले पोट्र्रेट फोटोग्राफीलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ।

प्रदर्शनका हिसाबले, फोनमा १.५के ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट राखिएको छ। ६५०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधाले लामो समय प्रयोग र छिटो चार्जमा सहयोग पुर्‍याउने जनाइएको छ। साथै, आईपी६८ र आईपी६९ स्तरको पानी तथा धुलो प्रतिरोधी क्षमता पनि दिइएको छ।

१२ जीबी र्यामसहित २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो स्मार्टफोन देशभर बिक्रीमा आइसकेको छ। फोन दराज लगायत आधिकारिक विक्रेतामार्फत खरिद गर्न सकिनेछ । यस फानेको १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ९४, ९९९ तोकिएको छ ।

भिभोको नेपालका लागि ब्रान्ड एम्बेसेडर तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले समारोहमा भिभाले नेपाल प्रिमयर लिग (एनपीएल) मा सघाएको स्मरण गर्दै नेपाली क्रिकेट क्षेत्रमा योगदान पुर्याएकोमा भिभोलाई धन्यवाद व्यक्त गरे । साथै भिभो७० प्रयोग गरेर आफ्ना जीवनको महत्वपूर्ण क्षणहरु तस्बिरमा समेट्न सकिने भन्दै खड्काले प्रविधि प्रेमीहरुलाई यो फोन खरिद गरी प्रयोग गर्न आग्रह पनि गरे ।

भिभोको नेपालका लागि ब्रान्ड म्यानेजर दिपेश खनालले समारोहमा कम्पनीले सुरुवाती ग्राहकका लागि ल्याएको विभिन्न अफरको बारेमा जानकारी गराएका छन् । खनालका अनुसार यो फोन खरिद गर्ने पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क पाउनेछन् भने पहिलो २,००० ग्राहकलाई ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा दिइनेछ ।

साथै, चार जना ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पाउनेछन् । ग्राहकले यो फोन १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्ने खनालले बताएका छन् ।

Logo