७२ सय रुपैँयाले बढ्यो सुनको मूल्य

७२ सय रुपैँयाले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७,२०० रुपैयाँले बढ्दै दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ।

हिजो मात्र सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो। तर आज अचानक मूल्य उकालो लागेपछि बजारमा नयाँ रेकर्ड नजिक पुगेको देखिएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ। एकैदिन २०५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ प्रतितोला पुगेको छ। हिजो चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

Logo