काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा शहीद भएका परिवारका थप आठ जना सदस्यलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले आन्दोलनमा ज्यान गुमाएका परिवारका थप सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो। यसअघि नै २७ जना शहीद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको थियो।
नयाँ निर्णयअनुसार रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) रोजगार पाउने सूचीमा परेका छन्।
प्राधिकरणले कार्यविधि २०८२ र राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार छुट भएका परिवारका सदस्यलाई समेट्दै यो निर्णय गरेको जनाएको छ।
सरकारी स्रोतका अनुसार शहीद परिवारलाई रोजगारीमार्फत राहत र सामाजिक सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम विस्तार गरिएको हो।





























प्रतिक्रिया