काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको हुन सक्ने विषयमा अनुसन्धानका लागि सहयोग गर्न स्वीट्जरल्यान्डसँग औपचारिक आग्रह गरेका छन्।
गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युलीसँग भएको शिष्टाचार भेटमा गृहमन्त्री गुरुङले उक्त विषय उठाएका हुन्। उनले शङ्कास्पद वित्तीय निक्षेपबारे सत्यतथ्य पत्ता लगाउन र अनुसन्धानमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न अनुरोध गरे।
भ्रष्टाचार निवारण तथा अवैध धनको ओसारपसार नियन्त्रण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै गृहमन्त्रीले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
भेटमा राजदूत म्युलीले नेपालको सुशासन र विकास प्रयासमा स्वीट्जरल्यान्डको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।































प्रतिक्रिया