शुक्रबार बढ्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ त कारोवार ?

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ त कारोवार ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Logo