तोलामा आज २ सयले बढ्यो सुनको मूल्य, चाँदीको कतिमा हुँदैछ कारोवार ?

तोलामा आज २ सयले बढ्यो सुनको मूल्य, चाँदीको कतिमा हुँदैछ कारोवार ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Logo