काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न स्थानमा करोडौंका अपार्टमेन्ट रहेको खुलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गरेका छन् ।
उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । साथै ३ करोड ५५ लाख रुपैयाँ ऋण देखाएका छन्, जसमा उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।





























प्रतिक्रिया