तीन सडक र वडा कार्यालय भवन निर्माण सम्पन्न

तीन सडक र वडा कार्यालय भवन निर्माण सम्पन्न

केन्द्रबिन्दु
21
Shares

गलकोट। बागलुङको गलकोट नगरपालिकामा तीनवटा सडक र एक वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। गलकोट–३ मा वडा कार्यालय भवन बनेको छ भने करिब साढे दुई किलोमिटर सडक कालोपत्र र ढलान गरिएको छ। यी संरचना सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङको आर्थिक सहयोगमा निर्माण भएका हुन्।

गलकोट–१ र २ जोड्ने नरेठाँटी सडक एक किलोमिटर कालोपत्र, वडा नं ३ को कोतघर जाने एक किलोमिटर सडक कालोपत्र र वडा नं ५ हरिचौर क्षेत्रमा ३०० मिटर सडक ढलान गरिएको छ। बागेश्वरी मल्टिप्रपोज निर्माण प्रालिले २०८१ भदौमा सम्झौता गरेर काम सुरु गरेको थियो र २०८२ फागुनभित्र सम्पन्न गरेको हो।

तीन सडक र वडा कार्यालय भवन निर्माणमा कुल ७ करोड ६५ लाख ८४ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

Logo