1
0
Shares

बिस्कुट उत्पादक संघद्वारा उद्योग मन्त्री यादवलाई ज्ञापनपत्र

1
1
1

काठमाडौं

नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विदेशी बिस्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुबिधा उपलब्ध गर्न, नेपालमा तयारी बिस्कुटको आयात रोक्न र सरकारबाट विशेष सहुलियत प्रदान गर्नका लागि संघले माग गरेको छ ।

आयातित बिस्कुटसँग प्रतिष्पर्धा गर्न नसकेका कारण नेपालका बिस्कुट उद्योग खुम्चँदै गएको ज्ञापत्र पत्रमा उल्लेख गरिएको छ। नेपालमा केहीवर्ष अघि ७ अर्ब लगानी रहेका ३५ वटा बिस्कुट उद्योग सञ्चालित थिए । तर अहिले खुम्चँदै गएर लगभग १६ वटा उद्योग मात्र सञ्चालनमा रहेको संघको गुनासो छ ।

प्रकाशित: २३ माघ २०७५ ०५:४१ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी