काठमाडौं । एफएमसीजी समूह तथा मल्टीबिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीति घोषणा गरेको छ।
उक्त घोषणा भृकुटीमण्डपमा आयोजित जीएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी को ११ औँ संस्करणमा गरिएको हो । मेलामा ब्रान्डले डायमण्ड स्पोन्सरको रूपमा सहभागिता जनाएको छ। यो कदमपछि वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फुड सर्भिस क्षेत्रका साझेदारहरूसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखिएको डीएस ग्रुपले जनाएको छ ।
मसला बजारमा विश्वसनीय नामको रूपमा आफ्नो स्थानलाई थप सुदृढ गर्दै क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको जनाएको छ।
यस अवसरमा डीएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले रणनीतिक विस्तारले प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा उपस्थितिलाई थप गहिरो बनाउने लक्ष्य राखेको बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा उल्लेखनीय बजार पहुँच हासिल गर्ने योजना रहेको बताए। स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार तयार गरिएका विविध उत्पादन उपलब्ध गराउने उनले बताए ।
‘क्याच स्पाइसेसको उपस्थितिको प्रमुख आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका प्रख्यात शेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्, जहाँ उनले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्नेछन् र आधुनिक होरेका प्रयोगका लागि यसको बहुपयोगिता पनि देखाउनेछन्’ ग्रुपद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
साथै, नेपालमा आफ्नो रिटेल नेटवर्क विस्तार गर्दै हाेरेका क्षेत्रमा बलियो उपस्थिति निर्माण गर्न पनि केन्द्रित छ। क्याच स्पाइसेसले नेपालभर पाककलाको अनुभवलाई उचाइमा पुर्याउने साझेदारको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यो ब्रान्ड भाटभटेनी स्टोर्स जस्ता आधुनिक स्टोरहरू, खुद्रा पसलहरू, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता इ–कमर्स प्लेटफर्ममार्फत पनि सर्वत्र उपलब्ध छ।































प्रतिक्रिया