शुद्ध हावाका लागि ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर

शुद्ध हावाका लागि ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। बढ्दो वायुप्रदूषणलाई ध्यानमा राख्दै ब्ल्याक प्लस डेकर ब्रान्डले आफ्ना कम्पनीका एयर प्युरिफायर प्रयोग गर्न सुझाव दिएको छ ।

सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक प्लस डेकरले घरभित्रको हावा शुद्ध राख्न आधुनिक प्रविधिको प्रयोग गर्न उपभोक्तालाई सुझाव दिएको हो । कम्पनीले विशेषगरी सहरी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई एयर प्युरिफायरजस्ता उपकरण प्रयोग गरी स्वास्थ्य जोखिम घटाउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार यस ब्रान्डको एपी–३५६०–बी–५ मोडेलको एयर प्युरिफायरले तीन तहको फिल्ट्रेसन प्रणालीमार्फत हावामा रहेका हानिकारक कण हटाउँछ । यस्तै, ट्रु हेपा १३ फिल्टरले फिल्टरले ९९.९७ प्रतिशतसम्म सूक्ष्म कण र एलर्जीकारक तत्व हटाउने दाबी गरिएको छ ।

यस्तै, एक्टिभेटेड कार्बन फिल्टरले धुवाँ, गन्ध र हानिकारक ग्यास सोस्ने बताइएको । यसमा रहेको प्रि–फिल्टरले ठुला धुलोका कण र अन्य फोहोर रोक्दै मुख्य फिल्टरको आयु बढाउन सहयोग पुर्‍याउने दाबीसमेत गरिएको छ ।

Logo