काठमाडौं ,२८,पुस
मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्याँसको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्याँसको प्रयोग बढ्न थालेपछि ग्याँस उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो । "/>

नेपालमा वार्षिक ३६ अर्बको ग्याँसको खपत

नेपालमा वार्षिक ३६ अर्बको ग्याँसको खपत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२८,पुस
मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्याँसको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्याँसको प्रयोग बढ्न थालेपछि ग्याँस उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो ।

नेपाल आयल निगमका अनुसार ४२ लाख ८२ हजार ६ सय ३५ घरधुरीले ग्याँसको प्रयोग गर्दै आएका छन् । बिजुली लगायत ऊर्जाका अन्य स्रोत भन्दा पनि ग्याँसको मूल्य सस्तो पर्ने हुँदा यसको खपत दिन प्रतिदिन बढ्दै गएको छ । मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्याँसको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्याँसको प्रयोग बढ्न थालेपछि ग्याँस उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ग्याँसको खपत बर्सेनि बढ्दै गएको बताए । “सहरी क्षेत्रमा मात्र नभएर दुर्गम जिल्लामा ग्याँसको प्रयोग धेरै हुने गरेको छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “वार्षिक रूपमा ग्याँसको खपत सरदर १५ देखि २० प्रतिशतका दरले बढ्दै गएको छ ।” माग बढ्दै गएकाले ग्याँसको आयात दर बर्सेनि बढ्दै गएको उनको भनार्इ छ । निगमका अनुसार सवैभन्दा धेरै ग्याँसको प्रयोग काठमाडौमा ३ लाख ८५ हजार १ सय ३६ घरधुरीले गर्ने गरेका छन् । यस्तै ललितपुरमा ८४ हजार ५ सय ११, कास्कीमा ७६ हजार ६ सय ७६, रूपन्देहीमा ५६ हजार ६६, चितवनमा ५२ हजार ५ सय ४५ घरधुरीले ग्याँसको उपयोग गर्ने गरेका छन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मुलुकभर मासिक २३ लाख ग्याँस सिलिन्डर खपत हुने गरेको छ । उनका अनुसार मासिक ३ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ग्याँसको खपत हुने गर्छ । मुलुकमा वार्षिक ३६ अर्ब भन्दा बढीको ग्याँसको खपत हुने गरेको निगमको भनार्इ छ । जाडोमा ग्याँसको खपत अन्य सिजनका तुलनामा वृद्धि हुँदै आएको छ ।
कारोबारबाट

Logo