लाहुरे छाडेर भैँसीगोठमा ५७ वर्ष विताएका पूर्णबहादुर

लाहुरे छाडेर भैँसीगोठमा ५७ वर्ष विताएका पूर्णबहादुर

केन्द्रबिन्दु
27
Shares

म्याग्दी । धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।

साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोट भएर पनि पल्टन नगए पूर्णबहादुर त्यही भैँसी गाोठमा ५७ बर्ष विताइ सके । “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ । सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए । जान मानिन । भैँसी गोठमै रमाए”, उनले भने ।

पण्डित र ज्योतिष पेसा गर्नुहुने हजुरबुबाले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि भारतीय गोर्खा सैनिकमा भर्ती गइन । हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो,पूर्णबहादुरले भन्छन् – “भैँसी, राँगा, पाडापाडी र घ्यू बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।”

विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गरेका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका–७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थालेका छन् ।

पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरू छन् । जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको बिषय पनि पूर्णबहादुरले सम्झिए ।

एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको घट्ना अझै बिर्सिएका छैनन् । “गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्थे । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्याइदिन्थे । रेडियो र मोबाइल साथी हुन्”, पूर्णबहादुरले आफ्ना विगत सुनाए । पू

Skip This
Skip This
Logo