नेप्सेमा सामान्य सुधार, २३५ करोड माथिको कारोबारसहित सोल्टी होटल अग्रस्थानमा

नेप्सेमा सामान्य सुधार, २३५ करोड माथिको कारोबारसहित सोल्टी होटल अग्रस्थानमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ८.७८ अंकले वृद्धि भई २,७१२.८६ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतको सकारात्मक परिवर्तन हो।

आज बजारमा कुल ७७ लाख ३४ हजार १२ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको कुल कारोबार भएको छ। बजार बन्द हुँदासम्म कुल १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ९० कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

आजको कारोबारमा अपर लोहोरे हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा ११.१६ प्रतिशतको उच्च वृद्धि देखियो। त्यस्तै, सोल्टी होटल लिमिटेडको मूल्य ७.५६ प्रतिशत र डिप्रोक्स लघुवित्तको मूल्य ७.०४ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको २३ करोड ५७ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आरएसडिसी लघुवित्त र नेशनल हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा परेका छन्।

Logo