आयो नयाँ आइपिओ, पैसा धेरै नचाहिने !

आयो नयाँ आइपिओ, पैसा धेरै नचाहिने !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, २१ पुस । उन्नति माइक्रोफाइनान्सले आजदेखि सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो। 

इच्छुकले पुष २१ अर्थात आजदेखि छिटोमा पुस २५ र ढिलोमा माघ ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्। यस अघि आइपीओमा न्युनतम ५० कित्ता भर्न पाइने व्यवस्था संसोधित भएकाले लगानीकर्ताले न्युनतम १० कित्ता भर्न पाउनेछन। इच्छुक लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। उन्नति माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

कम्पनीले कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

उन्नति माइक्रोफाइनान्सको आइपीओमा अत्यधिक आबेदन पर्ने अनुमान गरिएको छ। १५ हजार १५ जनाले मात्र उन्नतिको आइपीओ पाउने भएकाले गोलाप्रथाबाट नै बाँडबाँड हुने पक्का पक्कि भएकाले लगानीकर्ताले १० कित्ताका लागि मात्र आबेदन दिंदा फाइदाजनक हुने विश्लेषण गरिएको छ।

Skip This
Skip This
Logo